इलामलाई कोशी प्रदेश सरकारको सहयोग

मोरङ, २१ असोज । कोशी प्रदेश सरकारले इलाम जिल्लाका बाढी तथा पहिरोबाट पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरमार्फत आज राहत सामग्री त्यसतर्फ पठाएको सो मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिनुभयो । स्थलमार्गबाट राहत पठाउन नसकिएपछि हेलिकोप्टरमार्फत उक्त सामग्री पठाएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले दैनिक उपभोग्य खाद्य सामग्री, कम्बल, त्रिपाललगायत सामग्री इलाम पठाएको मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईले जानकारी दिनुभयो । प्रदेश सरकारले यही असोज १७ र १८ गते आएको बाढी र पहिरोका कारण विस्थापित भएकाको उद्धारकार्य पछि राहत सामग्री पठाएको हो । बाढी र पहिरोका कारण इलामको सूर्याेदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका, माई जोगमाई गाउँपालिका, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय बामदेव

Read More »

फरेन्सिक विधेयकमा विशेषज्ञताको मापदण्ड कडा बनाउन मन्त्री पुनको जोड

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति तयार गर्नुपर्ने बताएका छन् । बुधबार

Read More »

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य

Read More »

राजस्थानमा बस र ट्रेलर ठोक्किँदा ठूलो आगलागी : ८ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । भारतको राजस्थानको दौसाको दिल्ली–मुम्बई एक्सप्रेसवेमा स्लीपर बस र ट्रेलर (ट्रक) एकापसमा ठोक्किँदा ठूलो आगलागी हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने २१

Read More »

विशेषज्ञदेखि मिर्गौला प्रत्यारोपणसम्म, एसएसएफ र पीएफ सदस्यका लागि किस्टमा व्यापक स्वास्थ्य सेवा

काठमाडौं। स्वास्थ्य उपचारलाई सबैका लागि सहज र पहुँचयोग्य बनाउने उद्देश्यका साथ किस्ट शिक्षण अस्पताल ले सामाजिक सुरक्षा कोष (एसएसएफ) तथा कर्मचारी सञ्चय कोष (पीएफ) अन्तर्गत

Read More »

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत अन्तिम ३२ को खेलमा मेक्सिकोले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । मेक्सिकोले खेलको

Read More »