नेपाल श्रीलंकासँग सोझो सेटमा पराजित

काठमाडौं, १० कात्तिक । सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलंकासँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा सोमबार भएको खेलमा श्रीलंकासँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल श्रीलंकासँग पहिलो सेटमा १८–२५ ले पराजित भयो । नेपालले दोस्रो सेट, १७–२५ र तेस्रो २०–२५ ले गुमायो । योसँगै नेपालले प्रतियोगितामा चौथो हार व्यहोरेको छ । नेपालले जारी प्रतियोगितामा एउटा खेल मात्र जितेको छ ।

पाँच खेलबाट चार अंक जोडेको नेपाल पाँचौँ स्थानमा रह्यो । नेपालले यसअघि माल्दिभ्सलाई हराएको थियो । नेपाल तुर्कमिनिस्तान, अफगानिस्तान र बंगलादेशसँग पराजित भएको थियो । सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागी यो प्रतियोगितामा नेपालले पाँचौँ स्थानको प्लेअफका निम्ति मंगलबार (भोलि) माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »