बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ : ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उनले केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए । केही महिना अघिमात्र उनले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराएका थिए ।

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »

पेप्सीकोलामा आगलागी हुँदा डेढ करोड बढीको क्षति

काठमाडौँ : काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड

Read More »

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार २३ औं राष्ट्रिय

Read More »

आगोसँग खेल्ने काम नगर्न रास्वपालाई पुनको चेतावनी

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीयताको सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ भन्दै आलोचना गरेका

Read More »

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ : प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने

Read More »