भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव

जनकपुर । मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूले दलहरूलाई धम्क्याउने गरेको आरोप लगाएका छन् ।  शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगन्जमा रहेको भारतीय दूतावासको काउन्सलर कार्यालयबाट दलहरूलाई धम्की आउने गरेको आरोप लगाएका हुन् । 

उनले मधेसमा राजनीतिक अस्थिरता र  बिग्रिनुको मूल कारण भारतीय दूतावासबाट आउने धम्की रहेको बताए ।  उनले भने–  ‘वीरगन्जमा रहेको काउन्सलर अफिसका प्रतिनिधिहरूले दलका नेताहरूसँग प्रत्यक्ष संवाद नगरी दलका नेताहरूलाई धम्क्याउने, दल फुटाई दिन्छु भन्ने जस्ता धम्की दिने गरेका छन् ।’

सम्बोधनको क्रममा मुख्यमन्त्री यादवले आफूलाई सुरक्षा चुनौती रहेको समेत बताए । उनले आफूलाई सुरक्षा निकायले सुरक्षा चुनौती देखिएको भन्दै सीमित कार्यक्रमहरूमा मात्रै सहभागी हुन भनेको पनि खुलासा गरे । 

मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्यो भन्ने कुरा सुरक्षा निकायबाटै आएको छ’ उनले भने । मुख्यमन्त्री यादवले आफू मात्र नभई सरकारमा सहभागी मन्त्री, प्रदेशसभा सदस्यहरूमाथि समेत सुरक्षा थ्रेट रहेको बताए । 

प्रदेशवासीलाई सम्बोधन गर्दै उनले मधेसको सच्चा दल नेकपा एमाले रहेको दाबी समेत गरे । मुख्यमन्त्री यादवले अन्य दलहरूले जति नाटक मञ्चन गरे पनि २०७९ को निर्वाचन परिणामले एमाले मधेसको सच्चा राजनीतिक दल रहेको प्रमाणित गरेको बताए । उनले सच्चा मधेसवादी शब्दमा नभएर व्यवहारमा हुनु आवश्यक रहेको समेत बताए ।

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »

पेप्सीकोलामा आगलागी हुँदा डेढ करोड बढीको क्षति

काठमाडौँ : काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड

Read More »

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार २३ औं राष्ट्रिय

Read More »

आगोसँग खेल्ने काम नगर्न रास्वपालाई पुनको चेतावनी

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीयताको सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ भन्दै आलोचना गरेका

Read More »

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ : प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने

Read More »