झापा, उदयपुर र सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित १० जना पक्राउ

मोरङ । झापा, उदयपुर र सुनसरीको विभिन्न स्थानहरूबाट कार्तिक २८ गते प्रतिबन्धित लागुऔषधसहित १० जना पक्राउ परेका छन् । झापाको वडा प्रहरी कार्यालय भद्रपुरले देवराज श्रेष्ठलाई २ ग्राम ६० मिलिग्राम, राम कुमार मौलीलाई ३ ग्राम २० मिलिग्राम, सुफर मडीलाई ५ सय २० मिलिग्राम र अनुप महतोलाई ९ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

यसैगरी, अस्थायी प्रहरी पोष्ट कोठु, उदयपुरले प्रकाश नेपालीलाई ६०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानले सनम तामाङलाई ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानले बराहक्षेत्र-४ का सुनिल गिरीलाई लागूऔषध ट्रामाडोल ८२ क्याप्सुल र स्पास्पेन १९९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको छ।

यसका साथै, सामुदायिक प्रहरी बिट हवाइ चौकले लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १० ट्याब्लेटसहित यनि लिम्बु, रिवाज राई र सुजन राईलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन

काठमाडौँ : राष्ट्रियसभाको आजको बैठक आधा घण्टाका स्थगित गरिएको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ (क) को उपनियम

Read More »

राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्‍यो

काठमाडौँ । राष्ट्रियसभामा नेपाली कांग्रेसले सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गरेको बताएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद दुर्गा गुरुङले सरकारले

Read More »

पेप्सीकोलामा आगलागी हुँदा डेढ करोड बढीको क्षति

काठमाडौँ : काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको छ । पेप्सीकोलाको सूर्यमुखी चोकस्थित माँ ट्रेडस र तलेजु भवानी ट्रेड

Read More »

धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत धान उत्पादनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् । सोमबार २३ औं राष्ट्रिय

Read More »

आगोसँग खेल्ने काम नगर्न रास्वपालाई पुनको चेतावनी

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीयताको सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ भन्दै आलोचना गरेका

Read More »

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौँ : प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ । सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने

Read More »