मार्क वाटको शतकमा कर्णालीको सानदार जित

काठमाडौं । मार्क वाटले विष्फोटक ब्याटिङ गर्दै शतक बनाएपछि कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पहिलो जित हात पारेको छ । लुम्बिनी लायन्सले दिएको १५७ रनको कर्णालीले १२.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

कर्णालीका लागि ओपनर मार्क वाटले अविजित रहँदै ११४ रन बनाए । उनले ४४ बल खेल्दै ६ चाैका र १२ छक्का प्रहार गरे । उनले बाउण्ड्रीबाटै ९६ रन जोडेका थिए । यस्तै विलियम बोसिस्टोले २० बलमा अविजित २९ रन बनाए ।

ओपनिङमा प्रमोट भएका मार्क वाटले पहिलो विकेटका लागि प्रियांक पाञ्चलसँग ३.५ ओभरमा ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा ९० रन बनाएका पाञ्चल आज १२ रन बनाएर आउट भए । लुम्बिनीका शेर मल्लले जेजे स्मिथबाट पाञ्चललाई क्याचआउट गराए ।

त्यसपछि वान डाउनमा आएका विलियम बोसिस्टोसँग मार्क वाटले अर्को राम्रो साझेदारी गरे । वाटले लुम्बिनीविरुद्ध विष्फोटक ब्याटिङ गर्दै लुम्बिनीका बलरहरुमाथि हावी बने । दोस्रो विकेटका लागि वाट र बोसिस्टोले शतकिय साझेदारी गरे ।बलिङमा लुम्बिनीका शेर मल्लले मात्र १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनाएको थियो । ४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए ।
रोहितले ४३ बल खेल्दै ४ चाैका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे ।

रुबेन ट्रम्पलम्यानले लेट केमियो खेल्दै १३ बलमा अविजित २८ रन योगदान गरे । उनले १ चाैका र ३ छक्का प्रहार गरे । यस्तै जेजे स्मिथले १४ बलमा २ चाैका र १ छक्का मदतमा २३ तथा डार्शी सटले १९ रन जोडे । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन । पहिलो १० ओभरमा>कर्णालीका लागि नन्दन यादवले २ तथा सोमपाल कामी, गुल्सन झा, मार्क वाट, युवराज खत्री र विपिन प्रसाद शर्माले १-१ विकेट लिए ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »