बढुवा प्रक्रियाले पूर्णता पाएपछि राखेप कर्मचारी संघद्वारा धन्यवाद ज्ञापन

काठमाडौं, २२ फागुन । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाले पूर्णता पाएपछि धन्यवाद दिएको छ ।


लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाले पूर्णता पाएपछि धन्यवाद दिन जारी गरेको विज्ञप्तिमा संघकी अध्यक्ष सरस्वती केसीले उल्लेख गरेकी छन्, ‘राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री माननीय डिक बहादुर लिम्बू, परिषद्का सदस्य सचिव एवं पदपूर्ति समितिका संयोजक टंकलाल घिसिङप्रति हामी विशेष रुपमा आधार व्यक्त गर्दछौँ । साथै परिषदका उपाध्यक्ष तथा बोर्ड सदस्यहरु, पदपूर्ति समितिका सचिव, सदस्य लगायत पदपूर्ति समितिमा रहेर अरोरात्र खटिनु भएका सम्पूर्ण कर्मचारीहरुमा पनि हामी आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।’


विज्ञप्तिको पूर्णपाठ :

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा कार्यरत कर्मचारीहरुको लामो समयदेखि अवरुद्ध हुदै आएको बढुवा प्रक्रियाले पूर्णता पाएको छ । १६ वर्षदेखि २७ वर्षसम्म पनि बढुवा नहदा कर्मचारीहरुको कार्य सम्पादनमा शिथिलता आएको थियो । कर्मचारीहरुको वृत्ती विकास गर्नु सम्बन्धित संस्थाको मुख्य जिम्मेवारी रहेको हुन्छ । जटिल प्रक्रियमा अल्झिएको बढुवालाई यस पटक पूर्णता दिन महत्वपूर्ण भूमिका र नेतृत्व प्रदान गर्ने राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री माननीय डिक बहादुर लिम्बु, परिषद्का सदस्य सचिव एवं पदपूर्ति समितिका संयोजक श्री टंकलाल घिसिङ प्रति हामी विशेष रुपमा आधार व्यक्त गर्दछौँ । साथै परिषदका उपाध्यक्ष तथा बोर्ड सदस्यहरु, पदपूर्ति समितिका सचिव, सदस्य लगायत पदपूर्ति समितिमा रहेर अरोरात्र खटिनु भएका सम्पूर्ण कर्मचारीहरुमा पनि हामी आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छौ ।
कर्मचारीहरुको वृत्ती विकासको महत्वपूर्ण कडीका रुपमा रहेको बढुवा प्रक्रियालाई बीचैमा तुहाउने कयौं प्रयास र प्रहारहरु नभएका हैनन् । प्रचलित नियम र कानून सम्मत् निर्णय भएका विषयहरुलाई केही व्यक्तिका कुण्ठाका कारण दिएको चुनौतीले केही समयका लागि केही साथीहरुलाई आत्मरती प्राप्त भए पनि अन्ततः सत्यको नै बिजय भएको छ । यस प्रक्रियामा सहयोग गर्नुहुने सम्पूर्ण पक्ष र निकायहरु प्रति हामी आभारी छौ । परिषद्मा कार्यरत हामी राष्ट्रसेवक कर्मचारीहरुका अझै पनि अनेकौ समस्या रहेका छन् । ति समस्याहरुको समाधानमा राखेप कर्मचारी संघ सदाझै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछौ । राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी विनियमावली देखि संगठन संरचनाका विषयहरु अझै पनि पेचिलो रुपमा रहेको छ । यी विषयमा परिषद् तथा मन्त्रालयको गंभिरतापूर्वक ध्यानाकर्षण गराउदछौ । नेपालको खेलकुदलाई विश्व खेलकुदको प्रतिष्पर्धामा उत्रन सक्ने बनाउन गुणात्मक रुपमा निकै सुधारात्मक कामहरु गर्न बाँकी छ । त्यसका लागि परिषद् र मन्त्रालयको नेतृत्व देखि कार्यरत हामी कर्मचारीहरु बीच अझै बलियो एकता, समन्वय र समभाव हुनु जरुरी छ । अन्त्यमा, कर्मचारीहरुको सम्पूर्ण सम्मस्याको समाधानमा . राखेप कर्मचारी संघ सदा क्रियाशिल रहने पुनः प्रतिवद्धता व्यक्त गर्दछौं ।

सरस्वती केसी
अध्यक्ष : राखेप कर्मचारी संघ,
केन्द्रिय कार्य समिति

विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट

Read More »

सल्यानमा बलात्कार आरोपमा ६३ वर्षीय व्यक्ति पक्राउ

काठमाडौं : सल्यानमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छत्रेश्वरी गाउँपालिका–१, चामेका ६३ वर्षीय नरबहादुर डाँगी छन् । २८ वर्षीया एक

Read More »

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मलुकको नेतृत्व होः सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्। आज र भोलि हुन

Read More »

देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अग्रसर भएको बताउँदै मन्त्रालय तथा सरकारी निकायमा हुने ‘सेटिङ’ विकृति र बिचौलियातन्त्रको प्रभाव

Read More »

सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब योगदान सङ्कलन

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने

Read More »

सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका

दार्चुला : अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट

Read More »