सुमितको अर्धशतकमा जनकपुरलाई १५६ रनको लक्ष्य

काठमाडौं, ११ मंसिर । सुमित बर्माको अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल खडा ग¥यो ।

पोखराका सुमितले सर्वाधिक ५० रन बनाए । उनले २९ बलमा दुई चौका र चार छक्का प्रहार गरे । पोखराबाट ओपनरद्वय दीनेश खरेल र एडम रोसिङ्टनले पहिलो विकेटका निम्ति ८.३ ओभरमा ६१ रनको साझेदारी गर्दै पोखरालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । दीनेश खरेलले तीन रन बनाए । रोसिङ्टनले १७ बलमा तीन चौकासहित २४ रन थपे ।

तर, स्कोरबोर्डमा ६४ रन बनाउँदा चार विकेट गुमाएपछि पोखरा पुनः दबाबमा आएको थियो । ६४–४ को स्थितिबाट पाँचौँ विकेटका निम्ति सुमित र त्रितराज दासले ७२ रनको साझेदारी गरेपछि पोखरा चुनौतीपूर्ण लक्ष्यसम्म पुगेको हो ।

त्रितराजले २८ बलमा २९ रन बनाए । पोखराका कप्तान कुशल भुर्तेल ‘गोल्डेन डक’ भए । नवौँ ओभरको चौथो बलमा पोखराले भुर्तेललाई गुमाएको हो । सोही ओभरको तेस्रो बलमा एडम रोसिङ्टन आउट भएपछि भुर्तेल ब्याटिङका निम्ति क्रिजमा ओर्लिएका थिए । तर, लगत्तै चौथो बलमा जनकपुरका सञ्जय कृष्णमुर्थीले भुर्तेललाई बोल्ड गरे ।

गत सिजन जनकपुरबाटै खेलेको जिम्मी निसम पनि एक रनमै पभेलियन फर्किए । डान डाउथवेटले सात रन बनाए । जनकपुरका सञ्जय कृष्णमुर्थीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सञ्जयले ५.२५ को इकोनोमीसहित २१ रनमात्र खर्चिए । कप्तान अनिल साह र ललितनारायण राजवंशीको नाममा एक–एक विकेट रह्यो ।

जनकपुर र पोखरा दुवै टिमले यस सिजनमा अहिलेसम्म जित निकाल्न सकेका छैनन् । जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो । यता, पोखरा भने पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »