रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी, साउने र च्यामदुङ क्षेत्रका पहिरोपीडित स्थानीय बासिन्दा सुरक्षित स्थानमा सारिने दिनको प्रतीक्षामा छन् । बस्तीभन्दा तलबाट बग्ने खानीखोलाबाट सुरु भएको पहिरो निरन्तर माथिल्लो भू–भागसम्म फैलिँदै जाँदा पूरै जमिन नै सर्न थालेको कारण ७७ भन्दा बढी घरपरिवार तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

साउने–केउरेनी क्षेत्रमा २०३५ सालमै ठुलो पहिरो गएपछि त्यतिबेला बस्ती सारिएको थियो । पहिरो रोकिएपछि स्थानीयहरू फेरि फर्किएर बसोबास थालेका थिए । तर २०८१ असोज दोस्रो सातादेखि जमिन फेरि सर्न थालेपछि निवासीहरू त्रासमा परेका थिए । त्यसपछि असोज १७, १८ र १९ गते परेको अविरल वर्षाले भू–भाग अझै कमजोर बनाइदिँदा जोखिम झनै बढेको स्थानीयहरू बताउँछन् ।

अहिले केउरेनी र साउने क्षेत्र सबैभन्दा उच्च जोखिममा रहेको जनाइएको छ । केही घर भत्किसकेका छन् भने धेरै घरहरू गम्भीर रूपमा चर्किएको र अब बस्नै नसकिने अवस्थाले स्थानीय असुरक्षित बनेका छन् । सुरक्षित विकल्प नहुँदा धेरै परिवारहरू अझै त्यही चर्किएका घरमै जोखिम मोलेर बस्न बाध्य छन् ।

स्थानीयहरूका अनुसार राति सुत्दा ढुङ्गा र माटो खस्ने, घर वरिपरिका कान्ला भत्कने तथा घाँस काट्न जाँदा टेकेर हिँड्ने ठाउँ समेत नहुने अवस्था गाउँमा बनेको छ । ‘एक वर्षभन्दा बढी भयो–हामी जोखिममा छौँ भनेर गहारी रहेका छौँ, हेर्न त आउँछन्, तर काम भने केही भइरहेको छैन’, स्थानीयको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा जिल्ला स्तरीय टोलीले गाउँको स्थलगत निरीक्षण गरेको छ । प्रजिअ थापाका अनुसार केउरेनी, साउने लगायतका बस्तीहरू पूर्ण रूपमा असुरक्षित भइसकेका छन् र ती बस्तीका कुनै पनि घर अब बस्न मिल्ने अवस्थामा छैनन् । तल्लो क्षेत्रमा बग्ने खानीखोलाबाट सुरु भएको पहिरो क्रमशः माथिल्लो भू–भागसम्म फैलिँदै गएपछि समग्र जमिन नै सर्न थालेको र पूरै क्षेत्र उच्च जोखिममा परिरहेको उनको भनाइ छ ।

जोखिमग्रस्त ६५ घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न आवश्यक प्रक्रिया अघि बढाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई औपचारिक अनुरोध गरिएको प्रजिअ थापाले बताए । उनका अनुसार ‘अस्थायी आवास निर्माण अनुदान मापदण्ड–२०८१’ अनुसार लाभग्राही छनोट गरी तथ्याङ्क विपद् पोर्टलमा प्रविष्ट गरिएको छ ।

प्रभावितहरूलाई अनुदानको पहिलो किस्ता निकासाको प्रक्रियालाई तीव्रता दिन माग गरिएको छ । जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले मंसिर ६ गते स्थलगत निरीक्षण गरी तयार पारेको प्रतिवेदनअनुसार तत्काल राहत स्वरूप ३५ थान टेन्ट र २० थान त्रिपाल उपलब्ध गराइनेछ ।

भौगर्भिक विज्ञ टोलीले गरेको अध्ययनले बस्ती तत्काल स्थानान्तरण नगरे गम्भीर जोखिम रहने निष्कर्ष निकालेपछि स्थानान्तरण प्रक्रियालाई यथाशीघ्र अघि बढाइदिन राष्ट्रिय विपद् प्राधिकरण, गृह मन्त्रालय र सहरी विकास मन्त्रालयलाई समेत ताकेता गरिएको प्रजिअ थापाले जानकारी दिए ।

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »