भारतमा प्रधानमन्त्री कार्यालयको नाम फेरेर राखियो ‘सेवा तीर्थ’

नयाँ दिल्ली । भारत सरकारले प्रधानमन्त्री कार्यालयको नाम परिवर्तन गरी ‘सेवा तीर्थ’ राखेको छ । साथै देशभरका राजभवनलाई अब ‘लोक भवन’ भनिनेछ भने केन्द्रीय सचिवालयलाई ‘कर्तव्य भवन’को नामले चिनिने भएको छ ।

समाचार एजेन्सी पीटीआईले मंगलबार सरकारी सूत्रहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भने, ‘सार्वजनिक संस्थाहरूमा ठुलो परिवर्तन भइरहेको छ । सत्ताबाट सेवातर्फ अगाडि बढिरहेका छौँ । यी परिवर्तन प्रशासनिक नभई सांस्कृतिक हुन् ।’

यसअघि पनि केन्द्र सरकारले राजपथको नाम परिवर्तन गरी ‘कर्तव्य पथ’ राखेको थियो । प्रधानमन्त्रीको आधिकारिक निवास रेस कोर्स रोडलाई पनि सन् २०१६ मा ‘लोक कल्याण मार्ग’ मा परिवर्तन गरिएको थियो ।

राजभवनको नाम किन परिवर्तन गरियो ?

केन्द्रीय गृह मन्त्रालयले गत वर्ष राज्यपालहरूको सम्मेलनमा भएको छलफललाई उद्धृत गर्दै राजभवन नामले औपनिवेशिक मानसिकतालाई झल्काउने बताएको छ । त्यसैले, राज्यपाल र उपराज्यपालका कार्यालयहरूलाई अब लोक भवन र लोक निवासको नामले चिनिनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय अब ७८ वर्ष पुरानो साउथ ब्लकबाट ‘सेवा तीर्थ’ नामको नयाँ अत्याधुनिक क्याम्पसमा सर्ने भएको छ । यो परिवर्तन सेन्ट्रल भिस्टा पुनर्विकास परियोजनाको महत्त्वपूर्ण हिस्सा मानिएको छ । अक्टोबर १४ मा क्याबिनेट सचिव टीभी सोमनाथनले सेवा तीर्थ–२ मा सेना प्रमुखहरूसँग उच्चस्तरीय बैठक गरिसकेका छन् ।

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »