काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले राजनीनामा दिएलगत्तै बुधबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा बहुमत नपुग्ने देखेपछि मुख्यमन्त्री यादवले पदबाट राजीनामाको घोषणा गरेपछि नयाँ प्रक्रिया सुरु भएको हो ।









