सिरहाका किसान पारिवारिक निजी वनतर्फ आकर्षित

सिरहा, १७ मङ्सिर । घरेलु स्तरमा वन व्यवस्थापनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको पारिवारिक निजी वन कार्यक्रमप्रति यहाँका किसान आकर्षित भएका छन् । निजी जग्गामा फलफूलयुक्त, व्यावसायिक काठका प्रजाति तथा बहुउपयोगी बोटबिरुवा रोपेर दीर्घकालीन आय–आर्जन वृद्धि गर्न सकिने सम्भावना देखिएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । पारिवारिक निजी वन सङ्घ नेपाल सिरहाका अध्यक्ष रविन लामाका अनुसार जिल्लामा चुरे क्षेत्र भएर बग्ने बलान, बताहा र कमला गरी तीन वटा नदी प्रणालीअन्तर्गत २० वटा समिति निर्माण गरी किसानले बाँझो जमिनमा छिटो हुर्कने तथा धेरै आम्दानी प्राप्त विभिन्न २० प्रजातिका बिरुवा लगाउन थालेका छन् ।

आज लहानमा आयोजित एक कार्यक्रममा अध्यक्ष लामाले परिवारिक निजी वनको महत्व स्पष्ट पार्दै यसले कृषक परिवारलाई बर्सेनि स्थिर आय उपलब्ध गराउनुका साथै वातावरण संरक्षण, माटो कटान रोकथाम र जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँगाउँमा सञ्चालन भइरहेको नर्सरी र वन कार्यालयको सहुलियतपूर्ण कार्यक्रमले किसानलाई सजिलै बिरुवा उपलब्ध गराइँदै आएको छ ।” उहाँका अनुसार सिरहाको दक्षिणी क्षेत्र जहाँ सामुदायिक वनसँगको पहुँच टाढा छ, उक्त क्षेत्रका सङ्गठित किसानले यस्ता बोटबिरुवा रोपेर पाँच–दश वर्षभित्र काठ, सुपारी, बाँस, जडीबुटी तथा फलफूल बिक्रीबाट राम्रो आम्दानी गर्न सक्ने छन् ।

वन विशेषज्ञ तथा चुरे उत्थानशील आयोजना नेपालका उपप्रबन्धक विष्णुहरि पौड्यालले स्थानीय तहले पारिवारिक निजी वनसँग सम्बन्धित ऐन, प्राविधिक तालिम, अनुगमन तथा बजार व्यवस्थापनमा सहयोग बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पारिवारिक निजी वनकर्तालाई नीतिगत प्रोत्साहन, मूल्य श्रृङ्खला विकास, वनजन्य उत्पादनको बजार पहुँच र प्रशोधन उद्योग विस्तार गरी ग्रामीण अर्थतन्त्रको आधार उकास्न सकिने धारणा राख्नुभयो । पारिवारिक निजी वन सङ्घ नेपालका केन्द्रीय अध्यक्ष जोगराज गिरीले पारिवारिक निजी वन विस्तार हुँदै जाँदा आयआर्जन मात्र नभएर वन दबाब न्यूनीकरण र हरियाली वृद्धि भएको बताउनुभयो । लहान—३२ का वडाध्यक्ष बद्री यादवले बलान नदीले तटिए क्षेत्रमा ठूलो कटान गरिकाले उक्त नदी उकास क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »