मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम् पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए ।

‘मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौँ,’ उनेल भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ । लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ ।

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »