माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ, १९ मङ्सिर । कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । बाह्रौँ विश्व माटो दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना ब्यक्त गर्दै सो कुरामा जोड दिनुभएको हो ।

“तीनवटै तहका सरकारको समन्वयमा माटो स्वास्थ्य सुधारका लागि घुम्ती माटो शिविर सञ्चालन, विषादीको समुचित प्रयोग केन्द्रित सचेतनामूलक माटो व्यवस्थापन र दिगो कृषिमा सम्झौता नगरी कृषि व्यावसायिकीकरण प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् र आगामी दिनमा यस्ता कार्यक्रमलाई थप बढावा दिइनुपर्ने आवश्यकता रहेको छ ।”

संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाको निर्णयानुसार सन् २०१३ डिसेम्बर ५ देखि विश्व माटो दिवस मनाउन सुरुआत आएसँगै नेपालमा विसं २०७२ देखि विश्व माटो विवस मनाइँदै आएको छ । मन्त्री परियारले भन्नुभएको छ, “माटो कृषि उत्पादनको प्रमुख माध्यम हो, साथै, पृथ्वीलाई जीवन्त राखी सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनमा राख्न माटोको महत्वपूर्ण भूमिका रहेको छ, तथापि, सघन खेतीसँगै बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोको भौतिक, रासायनिक र जैविक गुणमा नकारात्मक असर परेको छ ।”

योसँगै अव्यवस्थित सहरीकरण, पूर्वाधार निर्माण एवं औद्योगिकीकरणका कारण माटोमा पानी सोस्ने क्षमतामा ह्रास आएको तथा प्रदूषण वृद्धि भएको उहाँको भनाइ छ । त्यसबाट उत्पादन र उत्पादकत्वमा ह्रास आउनाका साथै ग्रामीण तथा सहरी वातावरणीय सन्तुलनमा समेत गम्भीर चुनौती सृजना हुने उहाँले बताउनुभएको छ ।

खेती धेरै हुने गाउँको माटो जस्तै सहरको माटो समेत स्वस्थ हुनु पर्यावरणीय दृष्टिकोणले उत्तिकै महत्वपूर्ण छ । गाउँको माटो उत्पादनको स्रोत हो र सहरको माटो हरियाली कायम राख्ने, तापक्रम कम गर्ने र कार्बन भण्डारण गर्ने साधन हो, समग्र पर्यावरणीय सन्तुलनका लागि गाउँ र सहरको माटो एकापसमा अन्तरसम्बन्धित रहेका छन्”, सन्देश्मा भनिएको छ ।

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »