काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही मंसिर २३ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनमा राष्ट्रिय झण्डासहित सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ।
पत्रकार सम्मेलनमार्फत आन्दोलनका कमाण्डर ज्ञानेन्द्र शाहीले पार्टीभन्दा माथि उठेर “देश जोगाउने अभियान” मा सहभागी हुन आह्वान गरेका हुन् । शाहीले जेन-जी आन्दोलन सडकमा सफल भए पनि सम्झौतामा कमजोर परेको टिप्पणी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीले ७५ जनाको मृत्युबारे जवाफ दिनुपर्ने माग गरे।
संविधान संशोधनको मागसहित उनले प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, आयोगहरूमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय बनाउने, भ्रष्टाचारिलाई आजीवन कारावास र जेन-जी आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूका हत्यारामाथि कारबाहीको माग राखेका छन् ।







