एसियामा दशककै ठूलो विपत्, संयुक्त राष्ट्रसङ्घ सहयोगमा सक्रिय

काठमाडाैँ । दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन् ।

यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँग नजिकबाट समन्वय गर्दै राहत तथा उद्धारमा निरन्तर सहयोग गरिरहेको संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले जानकारी दिए ।

उनका अनुसार श्रीलङ्कामा संयुक्त राष्ट्रसङ्घ र साझेदार संस्थाहरूले सरकार नेतृत्वको उद्धार र क्षति मूल्याङ्कनमा सक्रिय साथ दिएका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, सरसफाइ सामग्री, भान्सा सम्बन्धी आवश्यक सामान, पानीका ट्याँकी लगायतका आपत्कालीन सामग्री पु¥याइएको छ, साथै विस्तृत क्षति मूल्याङ्कन र प्रारम्भिक पुनःस्थापनाका कामहरू पनि अघि बढाइएका छन् ।

भियतनामका सबैभन्दा बढी प्रभावित क्षेत्रहरूका लागि संयुक्त राष्ट्र आकस्मिक राहत समन्वयकर्ता टम फलेट्चरले संयुक्त राष्ट्र आकस्मिक राहत कोषबाट २६ लाख डलर बराबरको रकम छुट्याएका छन् ।

यस सहयोगले बसोबास, खानेपानी, सरसफाइ र खाद्य सुरक्षासम्बन्धी कार्यहरू मजबुत बनाउनेछ, जसले सरकारी प्रयासलाई थप प्रभावकारी बनाउने प्रवक्ताले बताए । इन्डोनेसियामा आचे क्षेत्र भीषण बाढीले थलिएको अवस्थामा सरकारको नेतृत्वमा भइरहेको राहत कार्यलाई चुनौतीपूर्ण भौगोलिक अवस्थाका बाबजुद निरन्तर अघि बढाइएको छ । त्यहाँ संयुक्त राष्ट्रसंघले स्वास्थ्य, खानेपानी, सरसफाइ र रसद व्यवस्थापनमा सरकारसँग समन्वय गरी सहयोग गरिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रहरूमा भइरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको र आवश्यकताअनुसार सम्बन्धित देशका सरकारी निकायहरूसँग निरन्तर समन्वय जारी राख्ने जनाएको छ । अविरल वर्षा र उष्णकटिबन्धीय चक्रवातका कारण दक्षिण तथा दक्षिणपूर्व एसियाका श्रीलङ्का, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम र मलेसिया सहितका देशहरू यस वर्ष दशककै सबैभन्दा ठूलो बाढी–पहिरो प्रकोपबाट प्रभावित बनेका छन् ।

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »