कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद भोलि दिउँसो १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ।

मंसिर मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने भनिए पनि तोकिएको समयमा प्रक्रिया पूरा हुन नसकेपछि म्याद थप गर्ने सहमति भएको हो।

महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि दिउँसो १२ बजे क्रियाशील सदस्यता वितरण प्रणाली (सिस्टम) लक गर्ने तयारी गरेको छ।

बैठकले नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया पुस १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको समितिका सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए।

उनका अनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम टुंग्याएर पार्टीलाई बुझाइनेछ। नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »

रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

Read More »

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

Read More »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

Read More »

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला

Read More »