जेनजी आन्दोलनमा देश मात्र होइन, जेनजीहरुको भविष्य पनि जलेको छ : झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान सरकारको कार्यशैली गैर जिम्मेवारपूर्ण रहेको भन्दै आक्रोस् व्यक्त गरेका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले जेनजी आन्दोलनमा विध्वंस मच्चाउने अपराधीहरु एक जनालाई पनि सरकारले कारबाही गर्न नसकेको बताउँदै सरकारको अर्कमण्यता देखिएको बताए ।

उनले भने,‘जेनजी आन्दोलनमा विध्वंस मच्चाउने राष्ट्रकै अपराधीहरु हुन् । उनीहरुलाई अहिलेको सरकारले कारवाही गर्छ कि गर्दैन ? आज सिंगो देशमा प्रश्न उठाइरहेको छ । आजसम्म ती अपराधीहरु एकजनालाई पनि कारबाही गरेको छैन । म यो सरकारको अर्कमण्यता, गैर जिम्मेवारीप्रति आक्रोस् व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै उनले देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा जेनजीहरु फसेको धारणा राखे । सबै जेनजीहरुले एक पटक छातीमा हात राखेर विध्वंसले आफ्नो भविष्य जल्यो कि जलेन भनेर सोच्न आग्रह गरे ।

‘उनीहरु देशी र विदेशी प्रतिगामीहरुको षड्यन्त्रमा फसे । उनीहरुले आफ्नै देश चिनेन आफ्नो कर्तव्य देशप्रतिको जिम्मेवारी बुझेनन् । र देशमा विध्वंस मच्चाउने काम गरे । देशलाई जलाउने काम मात्र गरेनन् जेनजी भाइबहिनीहरुको भविष्य जलाउने काम भयो । सबै जेनजी भाइबहिनीहरुले एक पटक छातीमा हात राखेर सोच्न आग्रह गर्छु । के विध्वंसले तपाईहरुको भविष्य जलेन ? सोच्नुपर्नेछ यो तपाईहरुको भविष्य जलाउने काम गरिएको छ ।’

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »

रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

Read More »

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

Read More »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

Read More »

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला

Read More »