वर्तमान सरकारले चुनाव गराउन सक्दैन : शेरधन राई

काठमाडौँ ।  नेकपा एमालेका केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकारले निर्वाचन गर्न नसक्ने बताएका छन् । सरकार ‘असंवैधानिक’ भएको दाबी गर्दै उनले घोषणा गरेको चुनाव सम्भव नरहेको दाबी गरेका हुन् ।

एमाले कोशी प्रदेश कमिटीको मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता राईले वर्तमान सरकार चुनाव गराउनका लागि नभई लोकतन्त्र र संविधानमाथि प्रहार गर्न बनेको आरोप लगाएको छन् ।

‘अहिलेको अवस्थामा १ लाखभन्दा बढी गोलीगठ्ठा, १ हजार २०० भन्दा बढी हातहतियार र ५ हजार ५०० भन्दा बढी कैदीहरू बाहिरै छन् । सुरक्षाकर्मीका पोसाकहरू बाहिर दुरुपयोग भइरहेका छन् । यस्तो असुरक्षित वातावरणमा निष्पक्ष चुनाव हुन सक्दैन,’ उनले भने ।

राईले प्रमुख राजनीतिक दलका नेताहरूमाथि सांघातिक हमला भइरहेको, घर र पार्टी कार्यालयहरू जलाइएको भन्दै सरकारले प्रतिशोधपूर्ण राजनीति गरिरहेको बताए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रतिशोध साध्ने काम भइरहेको उनले बताए । ‘नेताहरूलाई टर्चर गर्ने र भिसा रोक्ने जस्ता कार्यहरू भइरहेका छन्,’ उनले भने, ‘यो सरकारले सामाजिक सद्भाव भड्काएर देशलाई प्रतिगमनतर्फ धकेल्न खोजिरहेको छ ।’

नेता राईले एमालेले देशव्यापी रूपमा जनतालाई परिचालन नगरेको भए देश निकै ठूलो दुर्घटनामा पर्ने दाबी गरेका छन् ।

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »

रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

Read More »

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

Read More »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

Read More »

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला

Read More »