नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

काठमाडाैँ ।  चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने नीति सार्वजनिक गर्दै सन् २०३० सम्म १५ गिगावाट क्षमता पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय विकास तथा सुधार आयोग र राष्ट्रिय ऊर्जा प्रशासनले जारी गरेको मार्गनिर्देशनमा परियोजना निर्माण तथा आवेदन क्षेत्र विस्तारमा जोड दिइएको छ, जसबाट नवीकरणीय ऊर्जा प्रविधि ठुलो परिमाणमा प्रयोगमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

यस क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी नयाँ ऊर्जा उद्योगका रूपमा विकास गर्ने चीनको लक्ष्य रहेको छ । यस क्रममा प्रविधिहरू पूर्ण रूपमा स्वदेशमै नियन्त्रणमा रहने, बजारकेन्द्रित हुने र औद्योगिकीकरणतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ ।

चीनले प्रमुख नवीकरणीय ऊर्जा प्रविधिमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । निर्माण लागत प्रति किलोवाट ३० हजार युआनबाट घटाएर १५ हजार युआनमा झारिएको छ भने विद्युत उत्पादन लागतमा पनि उल्लेखनीय कमी आएको छ ।

यद्यपि प्रारम्भिक उच्च लगानी र तुलनात्मक रूपमा कमजोर बजार प्रतिस्पर्धा अझै चुनौतीका रूपमा रहेको बताइएको छ । यसलाई समाधान गर्न ठूलो क्षमता भएका नवीकरणीय ऊर्जा प्लान्ट निर्माण तथा स्थानीय विद्युत अभाव पूर्तिमा ध्यान दिइने योजना बनाइएको छ ।

साथै, प्रान्तीय तहमा निष्पक्ष बजार पहुँच सुनिश्चित गर्न मूल्य निर्धारण प्रणाली अपनाउने, मुख्य प्रविधि, सामग्री तथा उपकरणमा अनुसन्धान र विकासलाई तीव्रता दिने निर्देशन दिइएको छ । अग्रणी कम्पनी र अनुसन्धान संस्थालाई संयुक्त अनुसन्धान तथा विकास मञ्च स्थापना गर्न सहयोग गरिने र स्वदेशी उत्पादनमा आत्मनिर्भरता बढाइने योजना समेत रहेको छ ।

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »

रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

Read More »

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

Read More »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

Read More »

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला

Read More »