नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया (कैलाली), ९ पुस । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताउनुभएको छ । सो पार्टीको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टी सम्पूर्णरुपमा तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ ।

सरकारले त्यो वातावरण बनाउनुपर्छ । आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ ।” उहाँले गत भदौ २३ र २४ गते घटेका घटनाको यथोचित, वस्तुगत तथा निष्पक्ष छानबिन गर्न र निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो । नेता रावलले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीले एकता सन्देशसभा सम्पन्न गरेको र अब पालिकास्तर हुँदै वडास्तमा पु¥याइने बताउनुभयो ।

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

Read More »

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

Read More »

भेनेजुएलामा शक्तिशाली भूकम्प : २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी घाइते

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन्।

Read More »

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ७९ हजार राजस्व दाखिला

Read More »

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »