सिंहदरबार जलाउनेहरु नै सिंहदरबार पुग्न खोज्नु सकारात्मक हो : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले सिंहदरबार जलाउनेहरु नै लोकतान्त्रिक प्रक्रियाबाट सिंहदरबार पुग्न खोज्नु सकारात्मक भएको बताएका छन् ।

रवि लामिछाने र बालेन्द्र साह गठबन्धन गरेर निर्वाचनमा आउने चर्चा चलिरहेका बेला ज्ञवालीले सामाजिक सञ्जालमा लेख्दै विचार वा स्वार्थ जे मिले पनि अमुक व्यक्ति वा दलका कारण नेपाल नबनेको भन्ने भाष्य बनाउनु गलत भएको उल्लेख गरे ।

‘आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रमा देखिन्छ कुनै नायक रंगमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ । तुफान सृजना हुन्छ अनि सबै खाले खलनायक सोतर हुन्छन्’ ज्ञवालीले लेखेका छन् ।

देश कस्तो बनाउने ? कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजका प्रवन्धहरु कस्ता हुने ? लगायतका प्रश्नमा कुनै विकल्प नदिई केवल नकारात्मकता, निषेध र घृणा मात्र प्रचार गरिएको ज्ञवालीको भनाइ छ । यी सबै दृष्टान्त देख्दा ज्ञवालीले माओवादी हिंसात्मक द्वन्द्वका समयमा जनसरकार घोषणाका समाचार संकलन गर्न मिडियाले हेलिकप्टर चार्टर गरेको स्मरण गरेका छन् ।

‘कतिपय मिडियामा देखा परेको युरोफिविया हेर्दा दुई दशक अगाडिका घटनाहरु याद आए । जतिबेला जनसरकार घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे’ ज्ञवालीले लेखेका छन्, ‘ओहो हिंसाको त्यो महिमागान । नयाँ दिनका ती अभ्यर्थना र नयाँ नेपालका ती सपना । आज त्यो मिडिया हाइप निर्मित बिम्ब कपुरको बास्ना झैं विलोप भइसकेको छ ।’

ज्ञवालीले सामाजिक सञ्जालमा लेखेको पूर्ण पाठ यस्तो छ :

विचार मिल्नेहरु एकै ठाउँ उभिनु राम्रो हो । (उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला ।) त्यसमाथि, सिँहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरु पनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट त्यही सिँहदरबारमा पुग्न खोज्नु सकारात्मक हो । तर यस्ता भेटघाटहरुलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरु नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरुमा देखिन्छ- कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरु सोत्तर हुन्छन् !

यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ । तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर् याउँदैन । देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो ।

कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ? यावत् प्रश्नमा कुनै विकल्प छैन ।
छ त केबल नकारात्मकता, निषेध र घृणा ।

कतिपय मिडियामा देखा परेको ‘युफोरिया’ हेर्दा दुई दशक अगाडिका घटनाहरू याद आए, जतिबेला ‘जनसरकार’ घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थे ।ओहो, हिंसाको त्यो महिमागान ! नयाँ दिनका ती अभ्यर्थना ! र नयाँ नेपालका ती सपना ! आज त्यो ‘मिडिया हाइप’ निर्मित बिम्ब कपुरको बास्ना झैँ विलोप भइसकेको छ ।

घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो त आखिर लामो दौडले नै तय गर्ने हो ।

साथीहरूले समाजलाई ‘इमोशनल’ होइन, ‘र् याशनल’ बनाउन सघाए हुने हो ।

स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »