गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर

विराटनगर । मोरङमा गाँजा ओसारपसारमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले मध्यरातमा हवाई फायर गर्नुपरेको छ । सो क्रममा नेपाल–भारत सीमा क्षेत्र नजिकबाट ३३० केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिबार राति करिब १०ः३० बजेतिर जहदा गाउँपालिका–२ तारिगामा गाँजा ओसारपसार भइरहेको सूचनापछि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

टोली घटनास्थलमा पुग्दा टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ लैजाँदै गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीलाई देख्नासाथ कारोबारीहरू गाँजाको बोरा फालेर फरार हुन खोजेपछि नियन्त्रणका लागि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

हवाई फायरपछि प्रहरीले भारतको अररिया चन्दामोहनका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूको साथबाट ३३० केजी गाँजा बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गाँजा ओसारपसारकै क्रममा हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ । पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाँजा सुरक्षाकर्मीलाई छलेर भारत पुर्‍याउने प्रयास हुँदै आएको छ ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »