किर्ते र ठगी धन्दाको जालो : रौतहटमा ५ जना पुर्पक्षका लागि कारागार चलान

रौतहट । नक्कली कागजपत्र बनाएर जग्गा हडप्ने र खोटा मुद्रा सम्बन्धी कसुरमा संलग्न पाँच जनालाई रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ। जिल्लाको विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई अदालतको आइतबारको आदेशअनुसार कारागार चलान गरिएको हो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार खोटा सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। जसमा भारतको बिहार, मोतिहारीका २३ वर्षीय जयप्रकाश कुमार, रौतहट बौधीमाई घर भई देवाही गोनाही बस्ने २९ वर्षीय गेनालाल राउत पटेल र २० वर्षीय अजय पटेल छन्। उनीहरूलाई गत मंसिर १६ गते ईशनाथ नगरपालिका-४ लतमरीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अदालत पेस गरिएका उनीहरूलाई थुनामा पठाउने आदेश भएको हो।

यसैगरी, अर्को एउटा संगठित किर्ते र ठगी प्रकरणमा कटहरिया नगरपालिका-१ का ४२ वर्षीय रामपुकार महतो कोइरी र मकवानपुर हेटौंडाका ५२ वर्षीय राधाकृष्ण उपाध्याय पनि कारागार चलान भएका छन्। केशव प्रसाद पौड्यालको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूले कटहरिया-१ स्थित करिब १० बिघा जग्गा हत्याउन अदालतको फैसला र पत्र नै किर्ते गरेको पाइएको छ।

उनीहरूले २४ कित्तामा फैलिएको ९ बिघा १८ कठ्ठा १५ धुर जग्गा गैरकानुनी ढंगले आफ्नो नाममा दर्ता गराएका थिए। लामो समय लुकिछिपी बसेका उनीहरूलाई गत कार्तिक ११ गते प्रहरीले फेला पारेको थियो। लिखत किर्ते, ठगी, आपराधिक लाभ र विश्वासघातको मुद्दामा अनुसन्धान सकेर अदालत पुर्‍याइएका उनीहरूलाई पनि आइतबारकै इजलासले पुर्पक्षका लागि जेल पठाएको प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए। 

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »