देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित पूर्वस्ववियू सभापति, क्रियाशील संघसंगठनका अध्यक्ष, पूर्वअध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान, नव आगन्तुक विद्यार्थी स्वागत तथा बेजोड सांस्कृतिक कार्यक्रम–२०८२ मा बोल्दै दाहालले देश विशेष परिस्थितिबाट अगाडि बढिरहेको उल्लेख गरे ।

उनले भने, ‘म अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्न चाहन्नँ । निर्वाचन मुखैमा आइपुगेको छ । जेनजी आन्दोलनपछि देखिएको नयाँ परिस्थितिमा सार्वजनिक रूपमा अगाडि बढ्ने र देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प अब निर्वाचन नै हो । अन्य विकल्पतिर गइयो भने देश फेरि अर्को दुर्घटनामा पर्न सक्छ ।’

दाहालले नेपाली जनताको एकता, राजनीतिक दल, विभिन्न संघसंस्था, पत्रकार र सबैको सामूहिक प्रयासबाट मात्र संकटमा परेको राष्ट्रलाई निकास दिन सकिने बताए । उनले अराजकता फैलिन सक्छ भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी सबैको साझा भएको पनि स्पष्ट पारे ।

युवा तथा विद्यार्थीको भूमिकालाई विशेष महत्व दिँदै उनले भने, ‘देशको वर्तमान अवस्थामा युवा विद्यार्थीको काँधमा अझ ठूलो जिम्मेवारी छ । जेनजी आन्दोलन युवाहरु, विशेषगरी नव युवाको सक्रियताबाट अघि बढेको हो । पछिल्लो समय युवाहरु राजनीतिमा रुचि राख्दैनन् भन्ने धारणा थियो, तर जेनजी आन्दोलनले युवाहरु देशको परिस्थितिप्रति सचेत र जागरुक रहेको प्रमाणित गरेको छ ।’

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »