सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं, १४ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताउनुभएको छ । आज यहाँ राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’ तथा ‘नयाँ उजूरी व्यवस्थापन प्रणाली’ सार्वजनिकरण समारोहमा उहाँले न्याय, अवसर, समानता र समावेशिताको मार्गमा दलित समुदायको अधिकार थप सुदृढ गरिनुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले रणनीतिक योजना दीर्घ दृष्टिअनुरूप तयार गरिने उल्लेख गर्दै यसले दलित समुदायका समस्या समाधानका साथै सभ्य र समुन्नत समाज निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भले दलित समुदायका मुद्दा, गुनासा र अधिकारसम्बन्धी प्रश्नहरूलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने मार्ग प्रशस्त गर्न सकोस् ।”

उपराष्ट्रपति यादवले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कानुनहरूको पालना, अनुसन्धानमा आधारित सुधार, जातीय भेदभाव तथा छुवाछूतमा कमी ल्याउने प्रयास, राज्यका सबै अङ्गमा दलित समुदायको सहभागिता सुनिश्चित गर्ने कार्य तथा अन्तरराष्ट्रिय सन्धि–सम्झौतामा सहकार्य र जवाफदेहिता जस्ता प्राथमिकतालाई अघि बढाउन रणनीतिक योजना सहयोगी बन्ने अपेक्षा व्यक्त गर्नुभयो । “समाजमा विद्यमान विभिन्न कुरुती, विसङ्गति र विभेद हटाउन आयोग कटिबद्ध रहनुपर्ने आवश्यकता छ ।

साथै दलित–दलितबीचको विभेद हटाउन पनि आयोगले अग्रसरता देखाउनुपर्छ”, उहाँले भन्नुभयो,“यसका अतिरिक्त मधेसमा दलित–गैरदलितबीच उत्सव, चाडपर्व र महोत्सवमा देखिने सहकार्य र सहअस्तित्वलाई प्रचारप्रसार गर्न सके दलित समुदायप्रतिको सम्मान, सद्भाव र समरसता बढ्ने छ ।” तराई–मधेसका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीति आदिमा सीमान्तकृत अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »