रमेश लेखकको बयान आयोगलाई चित्त बुझेन

काठमाडौं । भदौ २३–२४ को जेन–जी आन्दोलन छानबिन गरिरहेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान चित्तबुझ्दो नरहेको निष्कर्ष निकालेको छ। आयोगका अनुसार लेखकसँग अझै थप प्रश्न सोध्नुपर्ने भएकाले बयान प्रक्रिया जारी रहनेछ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले लेखकको बयान सकिएको नभई थप स्पष्टता आवश्यक रहेको बताएका छन्। आयोग स्रोतका अनुसार लेखकले दिएका जवाफहरू एकपक्षीय र अपूरा देखिएकाले पूरक प्रश्नका लागि उनलाई फेरि बोलाइने तयारी गरिएको हो।

आयोगले आन्दोलनको नियन्त्रण र व्यवस्थापनमा सम्बन्धित मन्त्रीको भूमिका महत्त्वपूर्ण हुने भन्दै जिम्मेवारीबाट पन्छिन नपाइने स्पष्ट पारेको छ। आवश्यक स्पष्टता नआए प्रतिवेदनमा दोषसमेत किटान हुन सक्ने संकेत आयोग स्रोतले दिएको छ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »