निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगले दुःख दिएको गुनासो गरेका छन् । निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले दुःख दिएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘गत निर्वाचनको खर्च विवरण सार्वजनिक नगरेको भनेर फेरि सूचना जारी गरेछ। गत निर्वाचनपछि पनि लगत्तै त्यस्तै सूचना जारी गरेको थियो।

मैले निर्वाचन आयोगले तयार पारेको ‘खर्च विवरण’ को फारम भरेर सो फारम निर्वाचन सकिएको दुई हप्तापछि नै अर्थात् २० मङ्सिर २०७९ मा काठमाडौँ क्षेत्र नं एकको निर्वाचन आयोगको कार्यालयमा आफैँ उपस्थित भई बुझाएको थिएँ। खर्च विवरण निर्वाचन आयोगको कार्यालयले सोही मितिमा कार्यालयको छाप सहित दर्ता नं १० तोकेर बुझिलिएको थियो ।

आफ्नो खर्चविवरण प्रमुख सञ्चार माध्यमहरूमा समेत प्रकाशित भए पनि आयोगले सार्वजनिक नगरेको भन्दै सूचना जारी गरेको उनको आरोप छ ।’ ‘कुनै नेताले सार्वजनिक रूपमै निर्वाचनमा ‘६ करोड रुपैयाँ खर्च गरेँ’ भन्दा स्पष्टीकरण सोधेर छोड्ने निर्वाचन आयोगले हामीजस्ता इमानदार प्रतिस्पर्धालाई चाहिँ किन सताइरहेको होला ? बरु उम्मेदवारले बुझाएको खर्च विवरण दर्ता भएपछि आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरिदिए भइहाल्छ। शङ्का लागे उम्मेदवारलाई स्पष्टीकरण सोधे भइहाल्यो’, मिश्रले भनेका छन् ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »