मंगोलियामा पर्यटक आगमन ५ प्रतिशतले बढ्यो

मंगोलिया ।  मंगोलियाली पर्यटन संगठनले मंगलवार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याङ्कअनुसार जनवरीदेखि डिसेम्बरसम्म विदेशी राहदानी वाहकहरूले कुल ८ लाख ४६ हजार १०३ पटक देश भ्रमण गरेका थिए । संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालयकाअनुसार मंगोलिया सरकारले देशमा चारै ऋतुको पर्यटन विकासलाई प्रवद्र्धन गर्न मंगोलिया भ्रमण वर्ष कार्यक्रमलाई सन् २०२८ सम्म निरन्तरता दिने निर्णय गरेको छ ।

हाल मंगोलियाको अर्थतन्त्र खनिज स्रोतको निर्यातमा धेरै निर्भर छ । पर्यटन प्रवद्र्धनलाई देशको अर्थतन्त्र विविधीकरण गर्ने र विश्वव्यापी प्रतिष्पर्धाको सन्दर्भमा आफ्नो पर्यटनको प्रतिष्पर्धात्मकता बढाउने प्राथमिकतामध्ये एक मानिएको छ ।

भूपरिवेष्ठित एसियाली राष्ट्रले सन् २०२४ मा कुल ७ लाख २७ हजार ४ सय विदेशी पर्यटकहरूलाई स्वागत गरेको थियो । जसबाट पर्यटन क्षेत्रबाट १.६ अर्ब अमेरिकी डलर आम्दानी भएको थियो । 

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »