चुनावी सुरक्षालाई लिएर संघीय गृहमन्त्री र कोशीका मुख्यमन्त्रीबिच मतभेद

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा भेलामा आगामी निर्वाचनको वातावरणलाई लिएर संघीय सरकार र प्रदेश सरकारको नेतृत्वबिच मतभेद देखियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चुनावको वातावरण अझै नबनेको दाबी गरेन भने संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताए । 

सुरक्षा भेलामा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा अझै चुनावी वातावरण तयार भइनसकेको बताएका छन् । प्रहरीको मनोबल उठ्न नसकेको र सुरक्षा थ्रेटहरू कायमै रहेको भन्दै उनले हतारमा गरिने निर्वाचनले देशलाई अर्को मुठभेडतर्फ धकेल्ने चेतावनी दिए ।

मुख्यमन्त्री कार्कीले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाउँदै भने, ‘सिडिओ र प्रहरी प्रमुखहरूले आदेश कसरी पालना गर्छन् भन्ने अझै प्रष्ट छैन । जेनजी समूहहरूले उम्मेदवार बन्न र भोट माग्न नदिने धम्की दिइरहेका छन् । यस्तो अवस्थामा निर्वाचन सुरक्षा भरपर्दो हुन सकेको छैन ।’ उनले सुरक्षाको वातावरण मजबुत नबनाई चुनाव गराउँदा नेपाल फेरि असुरक्षित छ भन्ने सन्देश जाने र देश थप धराशायी हुने बताए ।

गत भदौ २३ र २४ गते देशभर भएका ध्वंसात्मक गतिविधिहरूलाई मुख्यमन्त्री कार्कीले ‘साम्राज्यवादको नयाँ रूप’ को संज्ञा दिए । उनले उक्त घटनालाई राज्यको सुरक्षा संयन्त्र फेल भएको दुर्लभ क्षणको रूपमा चित्रण गरे । ‘एकै समयमा देशभर झण्डा बोकेर संरचना भत्काइनु, जेलबाट अपराधी भगाइनु र हतियार लुटिनु चानचुने घटना होइनन्,’ उनले भने, ‘हामी सबैका संयन्त्र फेल भए, हामी नै भाग्न बाध्य भयौँ । यसले शान्ति सुरक्षा हाम्रो नियन्त्रणमा नरहेको पुष्टि गर्छ ।’ यति मात्र नभई, मुख्यमन्त्री कार्कीले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगलाई ‘गैरकानुनी’ भन्दै आलोचना समेत गरे ।

मुख्यमन्त्री कार्कीले सुरक्षा चुनौती र वातावरणको अभाव औंल्याइरहँदा कार्यक्रमका प्रमुख अतिथि एवं संघीय गृहमन्त्री ओमप्रकाश अर्यालले भने तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । उनले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले यसबाट पछि हट्न नसकिने स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन घोषणा भएपछि सबै काम तालिका अनुसार नै अघि बढिरहेका छन् । सबै दलबाट प्रतिबद्धता आइसकेकाले चुनाव हुनेमा कुनै द्विविधा छैन ।’ उनले प्रदेश सरकारलाई पनि सक्रियतापूर्वक निर्वाचनको जिम्मेवारी पूरा गर्न निर्देशन दिए । सातै प्रदेशका प्रमुख सचिवहरूको नेतृत्वमा प्रदेशस्तरीय निर्वाचन सुरक्षा सेल निर्माण हुने जानकारी दिँदै उनले प्रदेश सरकारले आफ्नो सुरक्षा अधिकार सक्रियतापूर्वक प्रयोग गर्नुपर्ने बताए ।

गृहमन्त्री अर्यालले सुरक्षा निकायको मनोबल उच्च रहेको र सरकारले सुरक्षा व्यवस्थालाई मजबुत बनाइरहेको दाबी गरे । उनले वर्तमान सरकार दिन गनेर बस्ने नभई जिम्मेवारी पूरा गर्न लागिपरेको समेत दाबी गरे ।

तर कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सुरक्षा चुनौती कायमै रहेको बताए । उनले ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार, भागेका कैदीबन्दी र समाजमा बढ्दो असन्तुष्टि चुनावका लागि मुख्य चुनौती भएको औंल्याए । उनले संघीय सरकारलाई सुरक्षा अधिकार प्रत्यायोजन गर्न र प्रदेशलाई थप जिम्मेवारी दिन आग्रह गरे । 

सुरक्षा भेलामा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रशासन प्रमुख तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता थियो । 

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »