नयाँ वर्षका लागि भरिँदै सौराहा

चितवन : अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् ।

क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् । थपिएसँगै ७० प्रतिशत हाराहारी पुगेको थियो । आज साँझ भने सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको छ ।

उनले भने, “९० प्रतिशतभन्दा माथि कोठाहरु पर्यटकले भरिने छन् ।” मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचे जति पर्यटक आउन नसकेको उनी बताउँछन् ।

जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनहरुमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उनी बताउँछन् । होटल सङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहेका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउँछन् । नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको भन्दै उनले रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको बताए । यो समयमा स्वदेशी पर्यटक धेरै आउने गर्दछन् ।

क्षेत्रीय होटल सङ्घ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराई आफ्नो होटल भरी सकिएको बताउँछन्। अहिले ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको उनले बताए । उनले भने, “नयाँ वर्षमा यहाँ खुला र होटलहरुले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्दछन् ।”

उनी नयाँ वर्ष मनाउन आउनेको चहलपहल निकै बढेको बताउँछन् । आन्दोलन, सडकको समस्या र जहाज रोकिँदा पर्यटक घट्छन् की भन्ने डर भएको भए पनि अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको राम्रो आगमन हुने देखिएको उनी बताउँछन् । जहाजका कारण आफ्ना पाहुना रोकिएको भन्दै उहाँले मौसमको चुनौतीका बाबजुत पर्यटक सौराहा आएको बताए । गत वर्षको नयाँ वर्षमा भन्दा यो वर्ष पर्यटक बढ्ने उनको भनाइ छ ।

सौराहामा पर्यटक बढ्दै गर्दा रेष्टुराँमा पनि पर्यटक भरिन थालेका छन् । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेष्टुराँमा पर्यटक आउने क्रम बढ्दो छ । साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उनी बताउँछन् । सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्दछन् । तेस्रो मुलुकका पर्यटक यतिबेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्दछन् ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »