मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन

कैलाली, १६ पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ओमप्रकाश रानाबीच भेटवार्ता भएको छ । आज धनगढीमा भएको भेटवार्तामा मुख्यमन्त्री शाहले प्रदेशमा बढ्दो लागुऔषध दुरुपयोग नियन्त्रण तथा निरुत्साहित गर्न प्रभावकारी कदम चाल्न प्रहरी प्रशासनले सक्रियता बढाउनुपर्ने भन्दै प्रमुख रानालाई निर्देशन दिनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

लागुऔषधले युवापुस्तामा नकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणमा प्रदेश प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिँदै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको थियो । प्रहरी प्रमुख रानाले लागुऔषध नियन्त्रण तथा शान्ति सुरक्षाका क्षेत्रमा प्रदेश प्रहरी सक्रियताका साथ कार्य गरिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीको निर्देशनलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »