निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण बनाउन सरकार तयार छ : अर्थमन्त्री

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको इन्जिनको रूपमा स्वीकार गर्दै सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न आफूहरू तयार रहेको बताएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको “शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री रामेश्वर खनाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले यस्तो धारणा राखेका हुन् । अर्थ मन्त्री रामेश्वर खनालले वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रको समस्या समाधान गर्न प्राथमिकता दिएको बताए ।

उनले भने, ‘सरकार बनेको छोटो समयमै हामीले निजी क्षेत्रका छाता सङ्गठनका अध्यक्षहरूलाई बोलाएर छलफल गर्‍यौँ। निजी क्षेत्रमाथि हुने कुनै पनि प्रकारका आक्रमण वा क्षति भविष्यमा नदोहोरिने वातावरण बनाउन सरकार सचेत छ ।’ अर्थ मन्त्री खनालले पछिल्लो समय न्यून मूल्यवृद्धि, न्यून ब्याजदर, पर्याप्त तरलता र उच्च विदेशी मुद्रा सञ्चिति जस्ता आर्थिक सूचकहरू सकारात्मक रहेको दाबी गरे ।

यद्यपि, यी सकारात्मक सूचकका बाबजुद लगानीको दर बढ्न नसक्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। उनले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति राष्ट्रकै सम्पत्ति भएको उल्लेख गर्दै भने, ‘निजी क्षेत्रले कमाउने नाफाबाटै सरकारले राजस्व पाउने हो, कर्मचारीले बोनस पाउने हुन् र समाजले सेवा पाउने हो। त्यसैले निजी क्षेत्रको विकास नै देशको विकास हो ।’

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »