भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी गम्भीर घाइते, चालक फरार

हेटौंडा । मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।

ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए । घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौंडास्थित अस्पतालमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार चालकले मदिरा सेवन गरेको अवस्थामा गाडी चलाइरहेको देखिएको थियो । घटना लगत्तै कार चालक गाडीसहित फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार फरार चालकको खोजी तीव्र पारिएको छ । भारतीय नम्बर प्लेटको कारको विवरणका आधारमा सीमावर्ती क्षेत्र तथा नाकाहरूमा समेत निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिँदै चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । साथै, मापसे चेकजाँचमा खटिएका प्रहरीमाथि आक्रमण हुनु अत्यन्तै निन्दनीय र गम्भीर विषय भएको बताउँदै दोषीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ । घटनापछि यस क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो भने थप सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »