सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको ज्यान गएको छ। मोरङ, धनुषा, नवलपरासी, कपिलवस्तु, भक्तपुर र सिराहामा भएका यी दुर्घटनामा पैदलयात्रीदेखि चालकसम्मले ज्यान गुमाएका हुन्।

मोरङको बेलवारी नगरपालिका–११ लक्ष्मीमार्गमा झापाबाट विराटनगरतर्फ जाँदै गरेको हायसको ठक्करबाट ५५ वर्षीय पैदलयात्री सुग बहादुर धिमालको मृत्यु भएको छ।

धनुषाको जनकपुरधाम–१९ जमुनियामा भारतीय नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा पटनाका ७५ वर्षीय विजय प्रकाशको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।

नवलपरासी पश्चिमको सुनवल–३ कीर्तिपुरमा टिपरको ठक्करबाट ३५ वर्षीय साइकलयात्री दिलीप कुमार क्षेत्री र कपिलवस्तुको बुद्धभूमि–९ इमिलियामा टिपरकै ठक्करबाट ८२ वर्षीय पैदलयात्री खिम बहादुर सुनारको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–३ फसिदेबलमा जिपको ठक्करबाट ४ वर्षीया बालिका हर्षिका शाहीले ज्यान गुमाएकी छिन्। नवलपरासी पूर्वको मध्यबिन्दु–१० मा ट्याक्टर दुर्घटना हुँदा ६९ वर्षीय दल सिंह थापाको मृत्यु भएको छ भने सिराहाको बरियारपट्टीमा स्कार्पियो र मोटरसाइकल ठोक्किँदा २३ वर्षीय नदिन अन्सारीको ज्यान गएको छ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »