दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्छ : मुख्यमन्त्री शाह

कैलाली, २० पुस । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्यप्राप्तिलाई केन्द्रमा राखी योजना अघि बढाउनुपर्ने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष (२०८३/८४–२०८७/८८) को मस्यौदा अवधारणापत्र माथिको छलफलमा उहाँले लक्ष्यबिना योजना सफल नहुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति तथा परिणाममुखी कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो । स्रोतसाधन र क्षमताको उचित व्यवस्थापन गर्दै प्राथमिकताका आधारमा विकास प्रक्रियालाई गतिशील बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उपलब्ध सीमित स्रोतलाई प्रभावकारी रूपमा प्रयोग गर्दै नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने योजनालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री शाहले विकास योजनाको सफल कार्यान्वयनका लागि सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । दीर्घकालीन विकासका लागि आधार तयार गर्न र भविष्यका योजनाका लागि मार्गनिर्देशन प्रदान गर्नका लागि प्रदेश निति तथा योजना आयोगले धनगढीमा कार्यक्रमको आयोजना गरेको हो । मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले प्रकाश पार्नुभएको थियो ।

दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माणका टोली प्रमुख डा हेमराज लामिछानेले प्रदेशको दीर्घकालीन समृद्धि, समावेशी विकास, सुशासन र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहितको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । छलफलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश सचिव विमलप्रसाद बराललगायत सहभागी हुनुहुन्थ्यो ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »