एमाले बर्दिया–१ बाट गोविन्द थपलिया सहित ५ जनाको नाम सिफारिस

बर्दिया । बर्दिया जिल्ला संघीय निर्वाचन क्षेत्र नं. १ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ। सिफारिस हुनेहरूमा शालिकराम अधिकारी, कपिल ज्ञवाली, गोविन्द थपलिया, सुरेश रेग्मी र सुष्मा चौधरी छन् । शालिकराम अधिकारी नेकपा एमाले बर्दिया जिल्ला कमिटीका अध्यक्ष हुन् भने कपिल ज्ञवाली जिल्ला कमिटी सदस्य हुन् । सुरेश रेग्मी एमालेका पुराना नेता हुन् भने सुष्मा चौधरी बाँसगढी नगरपालिकाकी पूर्व उपमेयर छिन् ।

यसैगरी गोविन्द थपलिया अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटी अध्यक्षबाट राजनीतिक यात्रा सुरु गर्दै अनेरास्ववियु भेरी अञ्चल कमिटी अध्यक्ष, केन्द्रीय कमिटी सदस्य, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनी दुई कार्यकाल एमाले बर्दिया–काठमाडौं सम्पर्क मञ्च सचिवालय सदस्य तथा युवा–विद्यार्थी फाँट इन्चार्ज रहेका थिए ।

साथै, दुई कार्यकाल  एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य भइसकेका थपलिया पूर्णकालीन पार्टी कार्यकर्ताका रूपमा संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका छन् । एमाले स्रोतका अनुसार बदलिँदो राजनीतिक परिवेश र ४० वर्षमुनिको युवा क्लस्टरलाई ध्यानमा राख्दै थपलियाको नाम सिफारिस गरिएको हो। थपलियाका पिता राजकुमार थपलियाको पनि एमाले पार्टीमा उल्लेखनीय त्याग, संघर्ष र योगदान रहेको स्थानीय नेता–कार्यकर्ताहरू बताउँछन्।

भूगोल पार्टीले आवश्यकताको आधारमा नाम सिफारिस गरेको र केन्द्रले निष्पक्ष मूल्यांकन गर्नेमा आफू विश्वस्त रहेको थपलियाले बताए । आफू ग्राउन्ड जिरोबाट संगठन निर्माणमा खटिएको अबिचलित कार्यकर्ता भएको उनको भनाइ छ। एमाले महासचिव शंकर पोखरेल ३१ वर्षकै उमेरमा सांसद बनेको उदाहरण उल्लेख गर्दै थपलियाले आफू सबै हिसाबले चुनावका लागि तयार रहेको जानकारी दिए । दुई विषयमा स्नातकोत्तर (मास्टर डिग्री) पूरा गरिसकेका थपलिया हाल अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा एमफिल लिड पीएचडी गर्दै छन् ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »