तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

दमौली : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिए ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख ३६ हजार एक सय १८ र क्षेत्र नम्बर २ तर्फ एक लाख १८ हजार दुई सय ७९ मतदात कायम भएका छन् । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।

क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ ।उनका अनुसार व्यास नगरपालिकामा ५१ हजार तीन सय छ, भानु नगरपालिकामा ४२ हजार एक सय चार, शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय पाँच, भीमाद नगरपालिकामा २५ हजार तीन सय ११ मतदाता रहेका छन् ।

यस्तै आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार दुई, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३, म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय छ मतदाता रहेको लम्सालले बताए ।

जिल्लामा तीन सय नौ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी लम्सालले बताए । ऋषिङ गाउँपालिका–४ र ६ मा एक-एक मतदान केन्द्र रहेकामा थप एक-एक मतदान केन्द्र थप भएको छ । निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा सात हजार तीन सय ९३ नयाँ मतदाता थप भएको कार्यालयले जनाएको छ । निर्वाचनका लागि कार्यालयको आन्तरिक काम तीव्र गतिमा अगाडि बढेको लम्सालले बताए ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »