विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा

कास्की । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। शनिबार पोखरामा आयोजित स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल’ (फेकन) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।

उनले नेपालको रमणीय प्राकृतिक वातावरण र सांस्कृतिक विविधताका कारण विदेशी विद्यार्थी आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै परामर्श केन्द्रहरूले ‘स्टडी इन नेपाल’ अवधारणामा पनि काम गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री थापाले युवालाई आत्मनिर्भर बनाउन रोजगारी सिर्जना आवश्यक रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले सीप विकास तालिम केन्द्रमार्फत १२ प्रकारका सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिएका छन्।

व्यवसायीका चुनौतीप्रति आफू जानकार रहेको बताउँदै उनले शैक्षिक परामर्श क्षेत्र लगायत सम्पूर्ण व्यवसायीको हकहित संरक्षणका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विभिन्न नाममा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरूलाई एकीकृत भई संस्थागत रूपमा अघि बढ्न समेत उनले सुझाव दिएका छन्।

कार्यक्रममा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुशवारले शैक्षिक परामर्श केन्द्रको मुख्य उद्देश्य विद्यार्थीलाई मार्गदर्शन गर्ने भएकाले यसलाई म्यानपावर जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्।

यस्तै, फेकन गण्डकीका संस्थापक अध्यक्ष जागृत भट्टराईले २०७५ सालदेखि दर्ता प्रक्रिया रोकिँदा व्यवसायी समस्यामा परेको भन्दै धरौटी रकम सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

फेकन गण्डकीका अध्यक्ष सुजन बहादुर बस्नेतले संस्थाले विद्यार्थी, अभिभावक र व्यवसायीबीच विश्वासको सेतुको रूपमा काम गरिरहेको र ‘स्टडी इन नेपाल’ को अवधारणालाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »