देश बनाउन फर्किए युवा इन्जिनियर किरण केसी, काठमाडौं–७ बाट उम्मेदवारी घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टीका तर्फबाट इन्जिनियर किरण केसीले काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । मुलुकको दिगो विकास र समृद्धिका लागि युवा नेतृत्वको खाँचो रहेको उल्लेख गर्दै उनले निर्वाचनमा होमिएको बताएका हुन् ।

नैतिक नेतृत्व, पारदर्शी शासन, युवा सशक्तीकरण र प्रमाणमा आधारित नीति निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका केसीले काठमाडौं क्षेत्र नं. ७ का जनताको सेवामार्फत नेपालको लोकतान्त्रिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएका छन् ।

पेसाले मेकानिकल इन्जिनियर तथा व्यवसायीसमेत रहेका केसीले अष्ट्रेलियाबाट एमबीए अध्ययन पूरा गरी त्यहीँ व्यवसायमा सफल यात्रा तय गरेका थिए । तर देशप्रतिको जिम्मेवारी र केही गर्नैपर्छ भन्ने भावना लिएर आफू नेपाल फर्किएको उनले बताए । स्थानीय मतदाताबाट राम्रो साथ, समर्थन र हौसला पाएको दाबी गर्दै उनले निर्वाचन जित्नेमा पूर्ण विश्वास व्यक्त गरेका छन् ।

३१ वर्षे युवा उम्मेदवार केसीले निर्वाचन जितेपछि युवाहरूका लागि उदाहरणीय काम गर्ने र विदेशमा रहेका नेपालीलाई पनि नेपालमै सम्भावना छ भन्ने सन्देश दिन चाहेको बताए ।

चीन, थाइल्याण्ड, भियतनाम, भारत तथा अष्ट्रेलियामा उद्यमशीलता, पर्यटन विकास, नवप्रवर्तन र सांस्कृतिक आदान–प्रदानसँग सम्बन्धित विभिन्न कार्यक्रममा सहभागिता जनाइसकेका केसी २०७९ को संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा समेत प्रतिस्पर्धा गरिसकेका छन् ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »