निषेधाज्ञाकै बीच वीरगञ्जमा झडप र प्रदर्शनः पत्रकारमाथि आक्रमण, तीनजना पक्राउ

रौतहट । वीरगञ्जमा प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रदर्शनकारी र प्रहरीबीच विभिन्न स्थानमा झडप भएको छ । दुई समुदायबीचको विवादपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरे पनि सोमबार अलखिया चोक र लाठ गल्ली चोक लगायतका क्षेत्रमा तनाव उत्पन्न भएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । सोही क्रममा एक युवक घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । यता, मुर्ली चोकमा निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पत्रकारमाथि आक्रमण र महासंघको आपत्ति
प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा ’भोजपुरी टाइम्स दैनिक’का कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् । उनीहरूले साहको मोबाइल समेत खोसेको नेपाल पत्रकार महासंघ पर्सा शाखाले जनाएको छ ।

महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको यस कार्यलाई प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको गम्भीर हनन भनिएको छ । महासंघले दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सञ्चारकर्मीहरूलाई पनि संयमता अपनाउन अपिल गरेको छ ।

सुरक्षा व्यवस्था कडा
विगत दुई दिनदेखि सामाजिक र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि बढेकाले वीरगञ्जका विभिन्न संवेदनशील क्षेत्रमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको छ । यद्यपि, घण्टाघर चोक, माइस्थान र बसपार्क क्षेत्रको जनजीवन भने सामान्य रहेको छ । प्रशासनले सर्वसाधारणलाई कुनै पनि प्रकारको अफवाहमा नलाग्न, शान्ति र संयमता कायम राख्न तथा सुरक्षाकर्मीलाई सहयोग गर्न विशेष आग्रह गरेको छ ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »