गृहमन्त्रीद्वारा अर्यालद्वारा सामाजिक सद्भाव र सहअस्तित्वको रक्षा गर्न आग्रह

काठमाडौँ, २१ पुस । गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुग्ने किसिमका घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । उहाँले सो घटनाका सन्दर्भलाई लिएर सबै पक्षसँग तत्काल सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गर्नुभएको छ ।

गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनुपर्ने सबै किसिमका सुरक्षाका पूर्वतयारी र सजगता अपनाइएको जनाउँदै गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकाले यस घटनालाई निस्तेज गर्न सबैले आ–आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको हो ।

उहाँले आज गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगका कार्यवाहक अध्यक्षहरू, सचिव, तथा पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो । सो छलफलमा गृहमन्त्री अर्यालले राज्यका संवैधानिक आयोगहरूले यस्तो अवस्थामा एउटा विवेकको संरक्षकको भूमिका निर्वाह गरिदिनसमेत आग्रह गर्नुभयो । उहाँले हाल मधेस प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र सह–अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि सबैमा अनुरोध गर्नुभयो ।

मन्त्री अर्यालले यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका निर्वाह गरेर अवस्थालाई सामान्यीकरण गर्नमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सो क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाह, मुस्लिम आयोगका कावा अध्यक्ष महामदीन अलि, थारु आयोगका कावा अध्यक्ष सुबोध सिंह थारु, गृहसचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो ।

आयोगका कार्यवाहक अध्यक्षहरूले हाल मधेस प्रदेशमा देखिएका धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिहरूलाई केन्द्र तथा प्रदेश सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीहरूको समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा आजै मधेस प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरूसँग ‘भर्चुअल’ बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्री अर्यालले हाल मधेस प्रदेशका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो ।

मिर्चैयामा दुर्घटनापछि भाग्दै गरेको गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

काठमाडौँ : सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। बाप्र

Read More »

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट

Read More »

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

जुम्ला । कर्णाली प्रदेशको जुम्ला जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ बजेर ३६ मिनेट जाँदा

Read More »

नाटोमाथि इरानले लगायाे यस्ताे आरोप

काठमाडाैँ। इरानले नाटोमाथि आफूविरुद्धको अमेरिका–इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ। नाटो महासचिव मार्क रुटले अमेरिकी सैन्य कारबाहीमा केही सदस्य राष्ट्रहरूले सहयोग गरेको उल्लेख

Read More »

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »