पार्टीलाई अतिवादले गाँजेको छ, म सत्यको बाटोमा छु : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।

आइतबार काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताएका हुन् ।

उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’

पार्टीको कठिन अवस्थामा डा.कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए ।

छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए ।

यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताएका छ्न । कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।

डा.कोइरालाले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूती नभएको बताए ।

पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई अदालतको निर्णय मान्य हुने समेत बताए । नेता तथा कार्यकर्तालाइ निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिएका थिए । उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए ।

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक

Read More »

बालेन र सुधन गुरुङको सम्पत्तिमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेलको सम्पत्तिमाथि छानबिन हुनसक्ने हो भने प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन

Read More »

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको

Read More »

सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

काठमाडौँ । सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने सरकारको निर्णयका कारण समस्यामा परेका यातायात व्यवसायीको मागलाई आंशिक रूपमा सम्बोधन गर्दै यातायात व्यवस्था विभागले जेठ ८

Read More »

रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने

काठमाडौँ : चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने व्यक्तिका प्रस्तावक र समर्थक बन्नेहरू उम्मेदवार बन्न नपाउने भएका छन् ।

Read More »

नगरकोटमा चक्कु प्रहारबाट युवकको मृत्यु, ३ जना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति सामान्य विवादका क्रममा भएको झै–झगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । महोत्तरी मिथिला नगरपालिका–९ घर भई

Read More »