जहाँ म त्यहाँ हेडक्वाटर, सहिदका सपना खेर जान दिन्नँ : प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहिद तथा बेपत्ता परिवारको बलिदानलाई खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार रुकुम पूर्वमा उम्मेदवारी दर्ता गराएका प्रचण्डले राष्ट्र निर्माणको संकल्प लिएर अगाडि प्रतिबद्धता जनाएका हुन् ।

‘हरेक सहिद परिवार र अपांगता परिवारलाई परिपूरण दिने निर्णय भएको छ ।  कार्यान्वयन गर्ने बेलामा हाम्रै नेतृत्वमा सरकार भएन भने अरुले वास्ता गर्ने छैन । त्यसका लागि नेपाली कम्युनिस्ट पार्टीलाई अध्यावधिक मत दिन आवश्यक छ,’ उनले भने, ‘रुकुमबाट नयाँ अभियान सुरु हुन्छ । म जहाँ गए त्यहीँ हेडक्वाटर हुन्छ । सकेसम्म सबै वडा पुगेर तपाईंहरूको गुनासा, समस्या सुन्नेछु ।’

जेनजी विद्रोहपछि निर्वाचनको पक्षमा दृढताका साथ उभिएकाले अहिले देश नै आफ्नो पक्षमा उभिएको उनले जिकिर गरे । उम्मेदवारको हिसाबले केही दिनमै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने प्रचण्डले बताए । उनले जे गर्न सकिन्छ गर्ने र गर्न नसकिने कुरा नगर्ने बताए ।

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »