भारतीय नम्बरको ३ गाडी र लागूऔषधसहित महिला पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँचका क्रममा शंकास्पद तीन वटा सवारी साधन  नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार डीएल ४ सी एनबी ४३३५ नम्बरको स्कार्पियो, विआर ०६ सी एल ६५४० नम्बरको मारुती सुजुकी र डीएल ८ सी ए सी ३०३२ नम्बरको स्पोर्टस कारलाई  चेकजाँचका क्रममा जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिई अनुसन्धानपछि मंगलवार आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबिच,  यमुनामाई गाउँपालिका–३ बस्ने ३१ वर्षीया नइमा खातुनले लागूऔषध डाइजेपाम बिक्री–वितरण गर्ने उद्देश्यले घरमै लुकाई छिपाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो। घर खानतलासीका क्रममा कार्टुनभित्र लुकाई राखिएको अवस्थामा ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध नशालु ईन्जेक्सन बरामद गरिएको थियो।

प्रहरीले नुर्फिन – ५०० एम्पुल,फेनारागन – ५०० एम्पुल,डाइजेपाम – ५०० एम्पुल गरी १५ सय नशालु ईन्जेक्सन, नेपाली रुपैयाँ १,००० दरका ४ थान, भारतीय रुपैयाँ २०० का २ थान, १०० का ३५ थान, नइमा खातुनको नाममा जारी भारतीय आधार कार्ड १ थान, विआर ०३० ए एच ९७८६ नम्बरको हिरो कम्पनीको स्कुटीको भारतीय सवारी दर्ता प्रमाणपत्र १ थान, मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए।

प्रहरीले सबै सरसामान रितपूर्वक बरामद गरी खातुनलाई पक्राउ गरेको हो। उनलाई लागूऔषध सम्बन्धी कसुर मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। प्रहरीले लागूऔषध ओसारपसार तथा अवैध गतिविधि नियन्त्रणका लागि चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जनाएको छ।

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »