म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् ।

बिहीबार मोरङ क्षेत्र नम्बर ६ सुन्दरहरैंचामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने बताए ।

छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रस्टाउँदै भने, “म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बिचको बाटो लिएको हो ।”

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भने, “यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा डिला संग्रौला) जी र म एकै स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिडिराछौँ । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔँ ।”

जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफूले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रित रहेको कोइरालाले बताए। उनले भने, “सांसद रहँदा संसद् भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहेँ । संसद् भित्र र बाहिर लडिरहेँ ।”

छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्टाए । पार्टी फुटाएर हिँड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प रहेको उनको बताए ।

पार्टीलाई नफुटाई निर्वाचनमा एक ढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरूको भएको हुँदा त्यस अनुरूप आफूले बिचको बाटो समातेको उनले बताए ।

कार्यकर्ता भेटघाटका क्रममा नेता कोइरालाले हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रित हुन जोड दिए । निर्वाचनले मुलुकलाई निकास दिने बताएका उनले यस पटक कांग्रेसलाई जिताउन सबैले एक ढिक्का भएर भूमिका खेल्नुपर्ने बताए ।

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »