पूर्वमन्त्री भवानी खापुङसहित नेकपा एस तेह्रथुमको सिंगो कमिटी एमालेमा समाहित

तेह्रथुम । पूर्वमन्त्री भवानी खापुङको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिंगो टिमसहित नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ, जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टिमसहित निर्वाचनको मुखमा मूलघर एमालेमा फर्किएका हुन् । तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा एमालेमा स्वागत गरिएको थियो ।

एकीकृत समाजवादी तेह्रथुमले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरेको छ । यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संविधान २०७२ मार्फत संस्थागत गर्दै देश अघि बढिरहेको अवस्थामा लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाउने प्रयास भइरहेका छन्, यसले देशलाई अस्थिरतातर्फ धकेल्दै शान्ति, स्थिरता, विकास र समृद्धिमा अवरोध पुर्‍याइरहेको छ ।’

देशको वामपन्थी आन्दोलनमा देखिएको विग्रह र विभाजनले मुलुकलाई अझ कमजोर बनाइरहेको निष्कर्षसहित पटकपटकको छलफल र विचार–विमर्शपछि नेकपा (एमाले)को नेतृत्वबाट मात्र संविधानको रक्षा, देशको विकास र समृद्धि सम्भव हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सोही निर्णयअनुसार संविधान सभा सदस्य, पूर्वमन्त्री तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य भवानी खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौं सम्पर्क मञ्च र विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता–कार्यकर्तासहित एमालेमा समाहित भएको जानकारी दिइएको छ ।

विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लाबासी सम्पूर्ण नागरिकमा अपील समेत गरिएको छ ।

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »