सुक्खाग्रस्त रामेछाप : खानेपानीकै चिन्तामा स्थानीय

रामेछाप । सुक्खाग्रस्त जिल्लाको रूपमा परिचित रामेछापका स्थानीयको मुख्य पिरलो अहिले पनि खानेपानी कै छ । खानेपानीको अभावका कारण कतिपय गाउँहरू खाली भएका जिल्लामा अझै खानेपानीको पर्याप्त व्यवस्थापन हुन सकेको छैन । जसले गर्दा गाउँमा बस्ने मानिसहरूको अहिले पनि प्रमुख माग खानेपानी नै हुने गरेको छ ।

वातावरणीय प्रभावका कारण गाउँका अधिकांश साना खानेपानीको मूलहरू सुकेका छन् । अहिले गाउँमा खानेपानीको एक मात्र विकल्प खोला र नदीको पानी लिफ्ट गर्ने वा टाढाका खोलाका मुहानबाट पानी ल्याउने भएको छ । सामान्य खर्चले नधान्ने यस्ता योजना सञ्चालनको लागि स्थानीयले निक्कै संघर्ष गर्नुपरेको छ ।

रामेछाप नगरपालिका–३ साँघुटार थाक्लेका स्थानीयको हिजोआज छलफलको मुख्य एजेण्डा नै खानेपानी बनेको छ । गाउँमा खानेपानी वितरण गर्ने पुरानो ट्याङ्कीबाट पानी चुहिने भए पछि नयाँ ट्याङ्की कसरी बनाएर सञ्चालन गर्ने भन्ने चिन्ता उनीहरूलाई छ ।

२० हजार लिटरको ट्याङ्की कमजोर हुँदा करिब २ सय ५० उपभोक्ता सङ्कटमा परेका स्थानीय धनबहादुर खड्का बताउँछन् । ३० देखि ५० हजार लिटरको आरसिसी ट्याङ्की बनाउन पाए उपभोक्तालाई निक्कै सहज हुने उनले बताए ।

थाक्ले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद ढकाल २०५२ सालदेखि सो खानेपानी योजनाको लागि राज्यले कुनै सहयोग नगरेको बताए । बीचमा २ लाख रुपैयाँ वडाको बजेटबाट मर्मतको लागि प्राप्त हुनु बाहेक अन्यत्रबाट सहयोग नआएको उनको भनाइ छ ।

उपभोक्ताले आफैँले जो गरेर खानेपानी सञ्चालन गरेका भए पनि अहिले ट्याङ्की नै बिग्रिएको कारण समस्या भएको उनले बताए । ट्याङ्की बनाउन कसैले सहयोग नगर्ने हो भने गाउँले खानेपानीको सङ्कट भोग्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

कालापानी, लिपुलेक हाम्रो हो भन्ने प्रमाण छ, मेरो राष्ट्रियतामा शंका गर्नुपर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् । आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै

Read More »

रास्वपालाई चिनिँया कम्युनिष्ट र भारतीय जनता पार्टीले पठाए शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई दुवै छिमेकी राष्ट्रका सत्तारुढ दलले शुभकामना पठाएका छन् ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र भारतीय जनता

Read More »

पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवम अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने

Read More »

रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन्

Read More »

रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा

काठमाडौँ । रास्वपा महाधिवेशन उद्घाटनको तयारी भइरहँदा चितवनमा वर्षा भएको छ । आइतबार दिउँसो सवा ३ बजेदेखि वर्षा हुन सुरु भएको हो ।  यद्यपि कार्यक्रम

Read More »

रास्वपा महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ

काठमाडौँ : रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनको उद्घाटन समारोह सुरु हुन ढिलाइ भएको छ । तर साढे २ बज्दासम्म कार्यक्रम सुरु हुन सकेको छैन । चितवनस्थित

Read More »