ग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले शनिबार कम्युनिटी सिल्ड जितेको छ । सिजन ओपनको खेलमा सिटीले टाइब्रेकरमा म्यानचेस्टर युनाइटेडलाई ७–६ ले हराएको हो ।
पेनाल्टी सुटआउटमा म्यानुएल उकान्जीले सिटीका लागि निर्णायक गोल गरे । त्यसका ठीक अगाडि जोनी इभान्स युनाइटेडका लागि गोल गर्न चुकेका थिए ।
निर्धारित समयमा एफएकप विजेता युनाइटेडले एलेजान्ड्रो गारन्चोको गोलले ८२ औं मिनेटमा अग्रत लिएको थियो । तर खेल सकिन एक मिनेट अगाडि बर्नार्डो सिल्भा सिटीका लागि बराबरी गोल गर्न सफल रहे ।यो जितपछि सिटीले एफएकप फाइनलमा युनाइटेडविरद्ध बेहोरेको हारको बदला पनि लिएको छ ।










