बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, ३ लाख ५० हजारभन्दा बढी मतदाता

बाँके । बाँकेमा आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्व तयारीकाे काम तीव्र रुपमा अघि बढेको छ । सम्बन्धित निर्वाचन कार्यालयका अनुसार निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, सुरक्षा प्रबन्ध, निर्वाचन सामग्री वितरण तथा सरोकारवाला निकायसँगको समन्वयलाई प्राथमिकताका साथ तीव्र रुपमा अघि बढाएको हो ।

निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणसहित मर्यादित ढङ्गले सम्पन्न गराउने लक्ष्यका साथ तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट गरेको छ । भौगोलिक संरचनाका आधारमा निर्वाचन क्षेत्र नं २ मा डुडुवा गाउँपालिकाका ६ वटै वडा, नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १५ र १७ देखि २३ सम्मका वडाहरू समेटिएका छन् ।

निर्वाचन क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल एक लाख आठ हजार २९० मतदाता सो क्षेत्रमा रहेका छन् । मतदान प्रक्रियालाई सहज र व्यवस्थित तुल्याउन ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको उनले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत सरोज वाग्लेका अनुसार कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाअन्तर्गतका सबै वडा उक्त निर्वाचन क्षेत्रमा समावेश छन् । उनका अनुसार यस क्षेत्रमा कुल एक लाख २४ हजार ७२७ मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नं १ मा ४८ वटा मतदानस्थलसहित १४१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार कुल एक लाख १७ हजार ३५४ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला मतदाता रहेका छन् ।

बाँकेका २४ वडा समेटिएको सो निर्वाचन क्षेत्रम ४८ वटा मतदानस्थल र १३५ वटा मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । करिब ९० पृष्ठ लामो आचारसंहितामा निर्वाचन प्रचार–प्रसार, नियमन तथा नियन्त्रणसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

आचारसंहिताअनुसार निजी सम्पत्तिको दुरुपयोग, कसैको मान–मर्यादा र चरित्रमा आँच पुर्याउने गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने उल्लङ्घन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने व्यवस्था गरिएको जिल्ला निर्वाचनको कार्यालय बाँकेले स्पष्ट गरेको छ । निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको पूर्वाग्रही व्यवहार नहुने, सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई समान व्यवहार गरिने तथा आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राप्रपाको महाधिवेशन मंसिरमा, यी हुन् कार्यसमितिको निर्णयहरू

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । असार ५ र ६ गते

Read More »

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन् : माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको

Read More »

राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार

Read More »

विदेशी सामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिने कल्पना पनि गर्न सकिँदैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) को सचिव महेश बस्नेतले कसैले दावी गर्दैमा एमाले सुम्पिन नसकिने बताएका छन् । पार्टी अध्यक्ष विरूद्व पार्टीभित्र घेराबन्दी हुन थालेपछि सचिव

Read More »

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी हुने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार हजार २१० प्रतिनिधि हुने केन्द्रीय

Read More »

पाराग्वेसँग पराजित भएसँगै टर्कीको विश्वकप यात्रा समाप्त

काठमाडौं । फिफा विश्वकपमा टर्कीको यात्रा समूह चरणबाटै टुंगिएको छ। समूह ‘डी’ अन्तर्गत शनिबार बिहान भएको दोस्रो खेलमा पाराग्वेसँग १–० ले पराजित भएपछि टर्की अन्तिम

Read More »